स्थानीयतह निर्वाचन

बनेपाको प्रमुख र उपप्रमुखमा कांग्रेस र एमाले

राजधानी उपत्यकाको छिमेकी जिल्ला काभ्रेपलाञ्चाकको बनेपा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एमाले विजय भएका छन् ।

समाचार अनुसार नगरप्रमुखमा कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित विजयी हुनुभएको हो । उहाँले नेकपा एमालेका रत्न कुश रञ्जितकारलाई करिब २ हजार मतले पराजित गर्नुभएको हो ।

रञ्जितकारले ११ हजार ८३५ मत पाउनुभयो भने तेस्रो स्थानमा रहनुभएका राप्रपाका उम्मेदवार रेमण्ड कर्माचार्यले जम्मा ८७६ मत मात्र पाउनुभयो ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी विमला सापकोटा दाहाल विजयी हुनुभयो । उहाँले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रगुबर प्रधानलाई १ हजार ४७७ मत अन्तरले हराउुभयो । सापकोटाले ११ हजार ९९२ मत पाउँदा प्रधानको पक्षमा १० हजार ५१५ मत परेको छ ।

त्यस्तै राप्रपाका रुपा विष्टले ८३८, जसपाका प्रिष्टा प्रजापतिले २६८ र नेमकिपाका कान्ति अवाले १६८ मत पाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.