स्थानीयतह निर्वाचन

गोकर्णेश्वर नगरपालिकामा कांग्रेस २२, एमालेका २४ जना विजयी

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी हुँदै पालिकामा कांग्रेस नेतृत्वलाई निरन्तरता दिनुभएको छ भने यसपटक उपप्रमुखमा एमालेले बाजी मारेको छ ।

नगरप्रमुखमा रिसालले एमालेका उद्धव विष्टलाई पराजित गर्नुभएको हो भने उपप्रमुखमा एमालेकी सान्नानी लामाले निवर्तमान उपप्रमुख कांग्रेसकी शान्ति नेपाललाई पराजित गर्नुभयो ।

रिसालले ९ हजार ६९२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रतिद्वन्दी एमालेका उद्वव बिष्टले ८ हजार ५०४ मत प्राप्त गर्नुभयो । यसैगरी उपमेयरमा एमालेकी सान्नानी लामा ८ हजार ८०४ मत सहित निर्वाचित हुँदा कांग्रेसकी शान्ति नेपालले ८६७१ मत प्राप्त गर्नुभयो ।

९ वडा रहेको नगरपालिकामा नेपाली कांग्रेसले ३ वडा अध्यक्ष जितेको छ । तीनमध्ये वडा नंं ५ मा नारायण सुवेदी र वडा नं. ९ मा राजिव थापा यसअघि पनि सोही वडाका अध्यक्ष हुनुहुन्थ्यो भने वडा नं. ८ मा नन्दलाल श्रेष्ठ विजयी हुनुभएको छ ।

वडा नंं ४ मा भने नेपाली कांग्रेसबाट वागी उम्मेदवार बन्नुभएका जयराम महतो विजयी हुनुभयो । नेकपा एमालेले उपप्रमुखसहित वडा नं. १, २ र ३ मा प्यानल नै र ६ र ७ मा वडाध्यक्ष र १८ जना वडा सदस्य जितेको छ ।

प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुसहित ४७ सदस्यीय नगरपरिषदमा नेपाली कांग्रेसका २२ जना र नेकपा एमालेका २४ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.