स्थानीयतह निर्वाचन

कामपा प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अन्य उम्मेदवारको भन्दा १० हजार बढी मतले अग्रता कायमै राख्नुभएको छ ।

१ लाख ९१ हजार मत खसेको काठमाडौंमा हालसम्म हालसम्म ५२ हजार ८२७ मत गणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

केही समयअघिको विवरण अनुसार शाहहले २१ हजार ६ सय २२ मतसहित अग्रता लिइरहनुभएको छ भने उहाँलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गर्नुभएको छ ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ६४४ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३०१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.