राजनीति

माथिल्लो कर्णाली र पश्चिम सेती विदेशीलाई दिने हैन : रावल

नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले माथिल्लो कर्णाली र पश्चिम सेती जस्ता जलविद्युत ठूला आयोजना आफैँले निर्माण गर्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा भाग लिंदै उहाँले सो सुझाव दिनुभएको हो ।

रावलले अर्थतन्त्रको सुधारका लागि पहल गर्न नखोजेको आपत्ति जनाउँदै कृषि उत्पादन र कृषि उत्पादकत्वमा ध्यान नदिइएको आरोप समेत लगाउनुभयो ।

उहाँले देशभित्रै रोजगारीको अभिवृद्धि गर्न, विदेशी कामदार ल्याउनै नपर्ने व्यवथा गर्न माग गर्दै भन्नुभयो, भन्नुभयो “सुशासन कायम गर्न सरकारको तर्फबाट विशेष ध्यान दिनुपर्छ । ”

सोही दलका सांसद विशाल भट्टराईले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल गर्दा अर्थमन्त्री जनार्दन शर्माको उपस्थिति नभएकामा आपत्ति जनाउनुभयो ।

उहाँको आपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले यसबारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित मन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्नुभयो । अर्थमन्त्री नआउँदासम्म सदनमा उपस्थित अन्य मन्त्रीलाई टिपोट गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button