राजनीति

दोषीलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादीको विरोध प्रदर्शन

नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थीलाई विदेश पठाउने कार्यमा संलग्न सबैलाई कारबाहीको माग गर्दै बिहीबार विरोध प्रदर्शन गरेको छ ।

एकीकृत समाजवादीको विरोध प्रदर्शन

सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न दबाबस्वरुप प्रदर्शन गरेको हो । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुुभयो ।

सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उहाँले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।

अर्का उपमहासचिव तथा मोर्चा फाँट इन्चार्ज डा विजय पौडेलले कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको भन्दै अन्य भ्रष्टाचारको पनि छानबिन गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले पहुँचवाला दोषीलाई जोगाउन घटनालाई प्रभावित बनाउन खोजेकामा सतर्क रहन जनतालाई आग्रह गर्नुभयो । पार्टी निकट जनवर्गीय सङ्गठनले पनि प्रदर्शनमा ऐक्यबद्धता प्रकट गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.