राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्छ : नेता ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले भन्नुभयो, “शरणार्थी काण्डको छानबिन गर्न सजिलो होस् भनेर एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्वन गरेका छौँ, कांग्रेसले पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई संरक्षण गरेर राख्नु हुँदैन, छानबिनका लागि प्रहरीलाई सजिलो बनाइदिनुपर्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै गम्भीर असर पारेको बताउँदै उहाँले ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको औँल्याउनुभयो । “देशमा राजनीतिक सङ्कट उत्पन्न भएको अवस्थामा लोकतान्त्रिक पार्टी एक हुनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “पछिल्लो समय देशको पूर्वी कोशी प्रदेशको नामकरणमा जातीय गन्ध आइरहेको छ ।”

नक्कली भुटानी शरणार्थी, वाइडबडी, एनसेललगायत काण्डको छानबिन गरी दोषीमाथि कडा कारबाहीको मागसमेत उहाँले गर्नुभयो । पछिल्लो समय देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको र देशको अर्थतन्त्र बिग्रनुमा भूकम्प, नाकाबन्दी, कोरोना र फान्स र युक्रेन युद्ध पनि रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.