भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले सातौ जित निकालेको छ । बिहीबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले प्रतियोगितामा सानदार जित निकालेको हो ।
हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । हैदराबादका लागि हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १०४ रनको शतकीय पारी खेलेपनि टोलीलाई जिता दिलाउन सकेनन् ।
त्यस्तै ह्यारी ब्रुक २७ रनमा अविजित रहँदा कप्तान एडेन माक्ररमले १८, अभिषेक शर्माले ११ र राहुल त्रिपाठीले १५ रन बनाए । बैंगलोरका लागि माइकल ब्रेसवेल २ विकेट लिए भने मोहम्मद शिराज, हर्षल पटेल र शहबाज अहमदको भागमा समान १-१ विकेट रह्यो । हैदराबादले दिएको १८७ रनको लक्ष्य बैंगलोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
बैंगलोरका लागि ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १०० रनको शतकीय पारी खेले भने कप्तान फाफ डु प्लेसिसले ७१ रनको अर्धशतकीय परी खेले । यी दुईले पहिलो विकेटको लागि १७२ रनको साझेदारी गरेका थिए । यस्तै ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे ।
हैदराबादका लागि टि नटराजन र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए । जितसँगै बेंगलोर १३ खेलमा सात मा जित र छ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा रहँदै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ भने समान खेलबाट ८ अंक जोडेको हैदराबाद तालिकाको पुछारमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्