प्रबास

सर्जक तथा समाजसेवी पिपला पाण्डे देवान सम्मानित

बेलायतलाई कर्मथलो बनाएर हाल नेपाल भ्रमणमा रहनु भएकि नेपाली साहित्य विकास परिषद् युके कि सल्लाहकार तथा यती नेपाली एसोसिएसन युकेकि अध्यक्ष पिपला पाण्डे देवानलाई नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरद्वारा सम्मान गरिएको छ ।

महाराजगंज, बसुन्धरा स्थित दियालो फुडल्याण्डमा आयोजित समारोहमा सम्वोधन गर्नुहुँदै परिषद्कि सल्लाहकार तथा यती संस्थाकि अध्यक्ष पिपला पाण्डे देवानले नेपाली भाषा साहित्य कला संस्कृति जस्ता नेपाली पहिचानहरूलाई बेलायतमा संरक्षण र सम्बद्र्धन गर्न आफूले खेलेको भूमिकाको मूल्याङकन भएको भन्दै यसबाट आफूलाई अरु हौसला मिलेको बताउनुभयो ।

देवानले परिषद्को नेपाल च्यापटरमा रहेर सक्रियरूपले लागिपर्नु भएका वरिष्ठ कवि साहित्यकार पदाधिकारिहरूसँग यसरी भेटघाट र अन्तरक्रिया गरेर धेरै कुरा जान्ने र बुझ्ने अवसर पाएको पनि चर्चा गर्नुभयो ।

समारोहमा परिषद्का नेपाल च्याप्टरका महासचिव हरिशरण लामिछाने, सचिव डा. रेणुका थापा ‘सोलु’, कार्यकारिणी सदस्यद्वय ललिता ‘दोषी’ र राजेशजङ्ग शाहले आआफ्नो मन्तव्य राख्नुहुँदै सर्जक तथा समाजसेवी पिपला पाण्डे देवानको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.