जन सरोकार

कालीमाटी मातहतका छवटा प्रहरी इकाई सिल

महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरका अनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।

कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ भने उनहिरुको स्थानमा एक सयजना प्रहरी त्यहाँ पठाइएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

सम्बन्धित खबर

Back to top button