बिचार

बाग्मती सफाई महाअभियानको नौ वर्ष

उपत्यकाको सभ्यतासंग जोडिएको पवित्र बाग्मती नदी सफाई महाअभियान नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७० जेठ ५ गते शुरु अभियानले देशको सबैभन्दा ठूलो र लामो महाअभियान पनि बनेको छ ।

महाअभियान नागरिक अभियन्ताहरुको पहलमा नेपाल सरकार मुख्य सचिवको सचिवालयको संयोजन तथा नेपाल सरकार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता एकीकृत विकास समिति, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, स्थानीय निकाय, गायत्री परिवार, नेपाल एसजीआइ, काठमाडौं इन्जिनियरिङ्ग कलेज, एस ट्राभल्स, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, पेशाकर्मी, शिक्षक समेतको सहभागितामा वाग्मती सफाइ महाअभियानको सुरुवात भएको हो ।

बिशेष गरी तत्कालीन कठिन समयमा यो अभियान संचालनमा एस ट्राभल्सको ठूलो सहयोग रहेको थियो । यो महाअभियान जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीका साथै थुप्रै अभावका बाबजुद पनी निरन्तर रुपमा संचालन भै अगाडि बढदै आएको छ । नौ बर्षसम्म निरन्तर एकै दिन एकै समय स्वयंसेवी रूपमा संचालनमा आएको अहिलेसम्मको बिश्वको सबैभन्दा लामों र ठुलो अभियान हो ।

करिव १० लाख स्वयंसेवकको सहभागिता रहीसकेको यो अभियानले उपत्यकाका सबै नदीनालाहरुबाट करिव २० हजार मेट्रिक टनभन्दा बढी फोहर संकलन गरी व्यवस्थापन गरिसकेको छ ।

यो महाअभियानले संयुक्त राष्ट्रसंघ अन्तर्गत हेबिट्याटको एसियन टाउन स्केप अवार्ड र अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनमा भगीरथ पुरस्कार २०१८ पाएको छ ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको अहम भूमिका रहदै आएको छ । नदी किनारमा करिब ५००० बिरुवा रोपिएका छन। नदी किनारमा ३१ वटा पार्क निर्माण भएका छन भने केही पार्क निर्माणाधिनमा रहेका छन।

यो महाअभियानमा राष्ट्रपतिदेखी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री लगायत राज्यका उच्चपदस्थ पदाधिकारी, कर्मचारी देशका विशिष्ट व्यक्तिहरु, कुटनिती नियोगका प्रमुखहरु,विश्व प्रख्यात योगगुरु बाबा रामदेव, आयूर्वेद गुरु बालकृष्ण साथै देशका विशिष्ट कलाकारकर्मीहरु यो अभियानमा सामेल भै अभियानमा एक्यबद्धता जनाउनु भएको छ ।

यो महाअभियानको प्रेरणाबाट उपत्यकाका सहायक नदीहरु हनुमन्ते सफाई अभियान, मनोहरा सफाई अभियान, माथिल्लो बाग्मती सफाई अभियान, बिष्णुमति सफाई अभियान,रुद्रमति सफाई अभियान,गोदावरी सफाई अभियान, तिलगंगा क्षेत्र सफाई अभियान, आलोकनगर क्षेत्र सफाई अभियान, गौरीघाट सफाई अभियान, मैतीदेवी सफाई अभियान चक्रपथका बिभिन्न क्षेत्रहरुको सफाई अभियान संचालनमा आएका छन् ।

यी अभियानले बाग्मती नदी सफाईमा थप उर्जा मिलेकोछ । यी अभियान मात्र नभई देशभरी करिब १००भन्दा बढी स्थानमा सफाई अभियानहरू संचालनमा छन् । यही अभियानको प्रेरणाबाट शुरु भएको मेची महाकाली सफाई अभियान मार्फत देशका करीब ६५ स्थानमा सफाई अभियान सम्पन्न भईसकेकोछ ।र दर्जन बढ़ी स्थानमा यो अभियान निरन्तर संचालनमा छ ।

यो महाअभियान र अभियन्ताहरुको सहयोग र दबाबका कारण नेपाल सरकारको सम्बन्धित निकायहरुमा दबाब परेका कारण बषौदेखी रोकिएका बिभिन्न निर्माण कार्य तथा ढल निर्माण कार्यमा तीब्रता पाईरहेको छ। वाग्मती नदी किनारमा दायाँबाँया ढल बिछ्याउने कामले गति लिईरहेको छ । केही प्राविधिक समस्या बाहेक गुहेश्वरीसम्म ढल बिछ्याउने काम सम्पन्न भएको छ ।

बाँकी भागमा नदी किनारामा ढल बिछाउने कामले तिब्रता पाएको छ । नदीको पानीको वहाब बढ़ाउनका लागी धाप डयाम बन्ने कार्यले समेत तिव्रता पाई यो वर्ष निर्माण सम्पन्न हुने तयारीमा रहेको छ ।

बाग्मती सौन्दर्यकरणका लागी निर्माण कार्य थालनी भैसकेको छ । नेपाल सरकारको आधिकारीक निकाय अधिकार सम्पन्न बाग्मती आयोजनाबाट भत्केको पुलदेखी थापाथलीपुलसम्म सोलार बत्ति जडान गरेको ती क्षेत्रमा अझ सौदर्य बढेको पाईन्छ ।

शंखमूल पार्क, साईराम पार्क, आर्टअफ लिभिङ पार्क र यूएनपार्क हाल संचालनमा रहेका ठूला पार्क हुन । यी पार्कहरुमा दिनहू मानिसहरु योग ब्ययाम गर्न आउने, घुम्न आउने, खेल्न आउनेहरूँको घुईचो लाग्ने गरेको छ । यी पार्कहरुमा फिल्म र भिडियोहरु सुटिङ्ग हुने गर्दछन् । यी सबै कार्य बाग्मती सफाई महाभियानको प्रभाव,दवाब र प्रेरणाबाट भएक़ो हो ।

बाग्मती नदी किनारमा स्थानिय क्लब, बिभिन्न समूहले बृक्षारोपण गर्ने गरेको छन् भने अभियन्ताहरुले आफ्नो जन्मदिनमा बाग्मती किनारमा बृक्षारोपण गर्ने गरेका छन् यो कार्य नियम जस्तै बनेको छ । रोपिएका बिरुवा बढेर गर्मी समयमा शितल छहारीमा बस्नेसम्म भएका छन् ।

बाग्मती किनारामा अहिले रुद्राक्ष, बरपिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, अम्बा, गुलाब लगाएत बिभिन्न जातका बिरुवाहरु हुर्किदै आएका छन् । यसले गर्दापनि बाग्मती नदी किनारहरु हरियाली तथा बाताबरणमैत्री बन्दै गएका छन् ।

काठमाण्डौंबासीले बाग्मती नदीमा ३०औं बर्षदेखी फोहोर थुपार्दै डम्पिङ्गसाईड बनाएको नदीलाई अहिले यस्ता थुप्रै परिवर्तनका कारण आशाका किरणहरु पलाएको आभाष स्थानियबासी र नागरीक समाजले पाएका छन् । नागरिंकमा पनी जथावावी फोहर फाल्नु हुदैन भन्ने चेतनाको अभिबृद्धि भई पहिला फोहोर सोझै बाग्मतीमा फाल्नेहरु अहिले सचेत भएका छन् । जनमानसमा चेतनाको जागरण भई नदीमा फोहोर फाल्ने कार्य निकै कम भएकोछ तथापी अझै केही व्यक्तिहरुले राती राती लुकेर नदीहरुमा फोहोर फाल्ने गरेको पाईन्छ । अभियन्ताको दबाबमा त्यसरी फोहर फाल्ने केही व्यक्तिलाई महानगरले कार्बाही समेत गर्दै आएको छ ।

यो अभियानले मूलतः स्वच्छ सफा र स्वस्थ जीवनायपनका लागि चेतना जगाउने र स्वयंसेवी भावनाबाट सामाजिक परिवर्तनका लागि नागरिकलाई उत्प्रेरित गर्ने कार्य गर्दै आएको छ। यो महाअभियानको अर्कों उत्कृष्ट कार्य यसले कुनै आर्थिक कारोबार गर्दैंन र यसको कुनै औपचारिक संस्थाको कानुनी स्वरूप दिइएको छैन यो अभियान आफैँमा एउटा विशिष्ट खालको स्वयंसेवी अभियान हो ।

यो महाअभियानमा कुनै अध्यक्ष, सयोजक, कार्यसमिती, बैक खाता, नभएको बिशिष्ठ अभियान हो। यो अभियानमा आउने सबै अभियन्ता हुन यहाँ राजनीति दलको झन्डा, एजेन्डा लिएर आउन पाईदैन । राजनीति भन्दा माथी उठेको विशिष्ट अभियान बाग्मती सफाई महाअभियान हो ।

यो अभियान कहिलेसम्म ?

अभियन्ताहरुको भावना जबसम्म बाग्मती नदीमा सफा पानी बग्दैन तबसम्म यो अभियान जारी रहने छ । तरपनि पछिल्लो समय बाग्मती सफाई महाअभियानको सफाई मोडलमा केही परिवर्तन गर्न अभियन्ताहरु स्थानिय सरकारसँग समन्वयन गर्दै आएता पनी स्थानीय सरकारले चासो नदिदा र ज़िम्मेवारी नलिंदा ठोस काम हुन सकेको छैन।अब आऊने नया जनप्रतिनिधिले नदीनाला स्वच्छ सफा राख्न तथा संरक्षणका लागी ठोस कार्य गर्न र जिम्मेवारी लिनेमा अभियन्ता आशाबादी छन् ।

अभियानको विचारमा अबको सफाई यस्तो हुनुपर्छ-

१. फोहर संकलन र ब्यवस्थापन गर्नका लागी नियमित तालिका बनाई घरबाट निस्कने फोहोरलाई बर्गिकरण गरी कुहिने फोहोरलाई अग्र्यानिक मल बनाई कौसीखेती गर्न प्रोत्साहन गर्ने ।

२. प्लाष्टीक, फलाम कागजलाई बिक्रि गर्न सकिन्छ त्यो फोहोरबाट मोहर बनाउन प्रोत्साहन गर्ने ।

३. जथाभावी फोहर फ़ाल्नेलाई कड़ा कार्बाही गर्ने ।

४. फोहरलाई बर्गीकरण गरी ब्यबस्थापन गर्ने ।

५. जथाभावी फोहर नगर्न र फोहर ब्यबस्थापन गर्न टोलटोलमा जनचेतनाका कार्यक्रम संचालन गर्ने ।

मानव जातीले प्रकृतीसँग खेलवाड गर्ने पैसाका लागी नदीनालाबाट जथाभावी बालुवा,ढुङ्गा उत्खनन गर्ने नदीको धार परिबर्तन गरी जग्गा बिक्रीवितरण गर्ने । नदी छेउकिनारामा अब्यबस्थित मानव बस्ती बसाउने ।

घरबाट निस्कने फोहरलाई सिधै नदीनालामा फाल्ने वा मिसाउने गरेको कारण शहरका नदी दूषित छन । वर्तमान समयमा आफू सुखी भए पुग्यो दोस्रो व्यक्तिका बारे नसोच्ने, समाजको बारे नसोच्ने, वाताबरण संरक्षण बारे नसोच्ने कार्य गरेको कारण मानव जीवनयापनमा ठुलो संकट आईपरेको छ ।

अब पनि हामी नसच्चिने हो भने मानव बस्तीले अझ ठुलो संकट ब्यहोनु पर्ने स्थिति आउन सक्ने भएकोले समय मै सबै सचेत हुन जरुरी छ । हामीले नगरे कसले गर्ने १ अहिले नगरे कहिले गर्ने ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button