अर्थ

एक वर्षमा बैंक तथा वित्तीय संस्थाको सम्पत्ति ११ खर्बले बढ्यो

नेपाल आर्थिक संकटतर्फ उन्मूख रहेको आशंका कतिपय विज्ञहरुले विश्लेषणसहित टिप्पणी गरिरहेका बेला नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले भने अर्कै तथ्य सार्वजनिक गरेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको ‘वित्तीय स्थायित्व सम्बन्धि प्रतिवेदन २०७७/७८’ अनुसार यो अवधिमा बैंकिङ क्षेत्रको आकार अघिल्लो वर्षको तुलनामा झण्डै ११ खर्बले बढेको छ ।

प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको यो अधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति ६० खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा यो क्षेत्रको कुल सम्पत्ति ४९ खर्ब ५३ अर्ब रूपैयाँ थियो ।

२०७७/७८ मा बैंकिङ क्षेत्रको सम्पत्ति सो समयको मुलुकको अर्थतन्त्रको तुलनामा १४२.२५ प्रतिशत छ। सो समय मुलुकको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब थियो।

बैंकहरूको निक्षेप र कर्जामा भएको वृद्धिले यो क्षेत्रको वित्तीय विवरणको आकारमा वृद्धि भएको हो । समग्र वित्तीय क्षेत्र (सञ्चय कोष, बीमा कम्पनी लगायत)को आकार भने अर्थतन्त्रको १९१.६१ प्रतिशतसम्म पुगेको छ।

कोभिडपछि पनि स्थायित्व कायमै

कोभिड १९ र सोसँगै मुलुकभर गरिएको बन्दाबन्दीका कारण २०७७/७८ मा वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तर खस्किने अनुमान विपरित अबस्था सन्तुलित रहेको राष्ट्र बैंकले दाबी गरेको छ।

यसै गरी बैंक तथा वित्तीय संस्थाको आव ०७७/७८ को कुल निक्षेपको तुलनामा तरल सम्पत्ति अनुपात भने २७.९० प्रतिशतबाट घटेर २६.१८ प्रतिशत छ। कुल सम्पत्तिमा तरल सम्पत्तिको अनुपात भने १८.५१ प्रतिशतबाट बढेर २०.४५ प्रतिशत पुगेको छ।

कुल सम्पत्तिमा तरल सम्पत्तिको अनुपात कम्तिमा २० प्रतिशत हुनुपर्ने मापदण्डलाई बैंकहरूले भरथेग मात्रै गरिरहेका छन्।

तरलताको दबाब कति झेल्न सक्छन् भनेर गरिएको राष्ट्र बैंकको परिक्षणले भने बैंकहरू संवेदनशील हुनुपर्ने देखाएको छ। यदि, ग्राहकहरूले लगातार पाँच दिन दैनिक २ देखि १० प्रतिशतसम्म निक्षेप निकाले भने २७ वाणिज्य बैंकमध्ये १९ वटालाई तरलताको संकट पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button