राजनीति

६ सय २८ पालिकाको मतपरिणाम आउँदा दलहरुको हैसियत यस्तो छ

२०७९ वैशाख ३० गते निर्वाचन भएको स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म ६२८ स्थानीय तहको निमत परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेस सबैभन्दा बढी स्थानमा विजयी भएको छ भने दोस्रो स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रहेको छ ।

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले २८० स्थानमा जित हात पारेको छ। नेपाली कांग्रेसले १०२ वटा नगरपालिकामा मेयर र १७८ गाउँपालिका अध्यक्षमा जित हात पारेको छ।

त्यस्तै, नेकपा एमालेले १७३ स्थानीय तह जितेको छ। एमालेले ५९ स्थानीय तहमा मेयर र ११५ गाउँपालिकामा अध्यक्ष जितेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहमा जित हात पारको छ। २० नगरपालिका र ९२ गाउँपालिकामा माओवादीले जितेको हो ।

तथ्याङ्क अनुसार जनता समाजवादी पार्टीले १६ स्थानीय तह जितेको छ भने एकीकृत समाजवादी पार्टीले १२ वटा स्थानीय तहमा जितेको छ। त्यस्तै अन्य दलहरूले ३५ वटा स्थानीय तह जितेका छन् भने ८ स्थानको प्रमुखमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button