स्थानीयतह निर्वाचन

भ्रष्टाचारको मुद्दा चलिरहेकै बेला चुनाव जितेपछि…

कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका उपाध्यायलाई शपथ नगराउन निर्देशन दिइएको हो ।

तत्कालीन वडा नं २ को वडाध्यक्ष रहेका बेला उहाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । नेपाली कांग्रेसबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

भ्रष्टाचारको मुद्दा विचाराधीन भएका जनप्रतिनिधि चुनिएपछि शपथ के गर्ने भन्ने अन्योल रहेकै बेला आयोगले उहाँहरूको मुद्दा विचाराधीन रहेको पत्र पठाउनाका साथै शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.