जन सरोकार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा, कचनकवल गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला
प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्