जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम, इलाम नगरपालिका-१० बस्ने ३० वर्षीय एलेन क्षेत्री भन्ने लेखनाथ कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई झापा अर्जुनधारा नगरपालिका-११ स्थित आठराई पाँचथर होटल एण्ड लजको कोठाभित्र सोमबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.