जन सरोकार

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

मोरङ, ग्रामथान गाउँपालिका-५ तेतरिया चोकस्थित सडक छेउमा रोकी राखेको ना.५ ख ७०७९ नम्बरको टिपरमा को.१ ब १३८४ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-१ बस्ने ३५ वर्षीय महमद मुख्तार खाँको मृत्यु भएको छ ।

खाँ ग्रामथान गाउँपालिकाको कर्मचारी भएको बुझिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आर्या न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.