स्थानीयतह निर्वाचन

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको १० हजार बढीको अग्रता

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय लगभग निश्चित देखिएको छ । उहाँले प्रतिस्पर्धी उम्मेदवारलाई १० हजारभन्दा बढी मतले पछि पार्नुभएको छ ।

हमालले २२ हजार ५४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपालका कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गर्नुभएका छ । अब करिब १२ हजार मत मात्र गणना गर्न बाँकी छ ।

उपमेयरमा भने मतगणनाको सुरुदेखि अग्रता लिनुभएकी गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी शान्ति अधिकारी पछि पर्नुभएको छ । उहाँलाई नेकपा एमालेकी कन्दकला रानाले अग्रता लिनुभएको छ ।

कुल ५१ हजार ६५ मत गणना गर्ने बेला रानाले १० हजार ८८० मत प्राप्त गरेकी छन् भने अधिकारीले १० हजार ७०२ मतका साथ रानालाई पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.