स्थानीयतह निर्वाचन

बालेन र अन्य उम्मेदवारको मतान्तर १६ हजारभन्दा बढी

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र शाह प्रतिस्पर्धी दुई उम्मेदवारभन्दा १६ हजार बढी मतले अग्रता लिइरहनुभएको छ ।

पछिल्लो विवरण अनुसार बालेनले ३५ हजार ८५० मत पाउनुभएको छ भने नेकपा एमालेका केशव स्थापतले १९ हजार ५६२ र नेपाली कांग्रेसकी सिर्जना सिंह श्रेष्ठले १९ हजार ५१९ मत पाउनुभएको छ ।

बालेन उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशव स्थापितभन्दा बालेन १६ हजार २८८ मतले अगाडि हुनुहुन्छ भने सिर्जनाभन्दा १६ हजार ३३१ मतले अघि हुनुहुन्छ ।

यसै गरी उपमेयरमा एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले ३३ हजार २०१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button