जन सरोकार

सौन्दर्य प्रतियोगिता आयोजक पाण्डे पक्राउ

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा दोस्रो भएकी एक युवतीलाई बन्धक बलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ ।

पाण्डे सुन्दरी प्रतियोगिता आयोजकमध्ये एक हुन्। काठमाडौं जिल्ला अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार पाण्डे शनिबार दिउँसो बालाजुबाट पक्राउ परेका हुन् ।

घटना घटेको आठ वर्षपछि गत बुधबार ती युवतीले आफूमाथि भएको यौन दुव्र्यवहाको बेलिबिस्तार लगाउँदै भिडियो सार्वजनिक गरेकी थिइन् । किशोरीलाई न्याय दिनुपर्ने भन्दै राजधानीमा शुक्रबारदेखि नै प्रदर्शन सुरु भएका छन् ।

ती युवतीका अनुसार प्रतियोगिता सम्पन्न भएपछि आयोजकले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको खुलासा गरेकी थिइन ।

यो घटना सार्वजनिक भएपछि नेपाल प्रहरीले उक्त घटनाको छानबिन गर्न शुक्रबार नै पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । छानबिन समिति गठन भए लगत्तै आरोपित पाण्डे पक्राउ परेका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा गठन भएको छानबिन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का हुनुहुन्छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.