विश्व कीर्तिमान बनाउने बुढामगरलाई सम्मान गर्न माग
दुबै खुट्टाको घुँडादेखि तलको भाग गुमाएर पनि अदम्य साहस देखाउँदै विश्वको सर्वोच्चच शिखर सगरमाथाको आरोहण गर्न सफल हरिबहादुर बुढामगरलाई सरकारले विमानस्थलमै पुगेर सम्मान गर्नुपर्न माग गरिएको छ ।
वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेर बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ ।
उहाँको यो कीर्तिमानका सम्मानको माग गर्दै आइतबार प्रतिनिधिसभा बैठकमा रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले बुढामगर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गर्नुभएको हो ।
रोल्पाको थवाङ गाउँपालिका ३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्