जन सरोकार

पक्राउ पुर्जी जारी भएपछि सर्वोच्च पुगे कान्तिपुरका अध्यक्ष सिरोहिया 

कान्तिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सर्वोच्च अदालतमा पुगेका छन् । मंगलबार जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको सर्वोच्च स्रोतले जनाएको छ ।

कैलाश सिरोहिया

उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । सर्वोच्चमा उनले दायर गरेको रिटमा पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नभएको दाबी गर्दै उक्त पक्राउ पुर्जी असंवैधानिक भएकाले अन्तरिम आदेश मार्फत रोकिनुपर्ने  माग गरिएको छ ।

उनको रिटको पेशी वुधबारका लागि तोकिएको छ ।  केही संस्थामा उनको फरक-फरक नागरिकता पेस भएको र अरुको नम्बर मिलेको भन्दै उजुरी परेको बताइएको छ । उनीविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

उक्त जाहेरीमा सिरोहियासँग हिमालयन रिइन्स्योरेन्स नामको कम्पनीको संस्थापक शेयर रहेको र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरेको प्रबन्ध पत्रमा धनुषा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता नम्बर २८३९८८८६ रहेको विवरण हस्ताक्षरसहित पेश गरेको भनिएको छ ।

त्यस्तै उनले एक विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा आफू तयार रहेको बताएका छन् । तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उनको भनाइ छ ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.