जन सरोकार
पानी तान्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु
नवलपरासी पश्चिम, सरावल गाउँपालिका-३ श्रीनगर बस्ने ३० वर्षीय प्रदिप चौधरीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्