जापान

जापानबाट नेपाली युवाले पठाए रवि लामिछाने फाउण्डेशनलाई आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चीवा क्षेत्रीय समितिको अगुवाईमा कोरोना संक्रमणबाट पीडित नेपालीहरूको सहयोगार्थ करिव एघार लाख येन रवि लामिछाने फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ ।

फुनाबाशी हेल्प डेक्स, जनसहयोग जापान ग्रुप र विश्वदर्शन संगको सहकार्यमा हाल नेपालमा कोरोना बिरुद्द जुटिरहेका रवि लामिछाने फाउण्डेसनलाई दुई सातासम्ममा संकलित रकम १० लाख २८ हजार ३०५ रूपैयॅा एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।

चीवाको फुनावासीमा आयोजित एक समारोहका बीच एनआरएनए जापानका युवा उपाध्यक्ष नवीन निउरे, चीवा क्षेत्रीय सिमितका संयोजक विश्व सुवेदी, फुनाबाशी हेल्प डेक्स र जनसहयोग जापान ग्रुपका पदाधिकारीहरूले संयुक्त रूपमा रकम हस्तान्तरण गर्नु भएको हो ।

आर्थिक संकलन समितिका संयोजक समीरजंग खडकाले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कोरोना कहरमा नेपालमा परेको विषम परिस्थितिमा आगामी दिनमा समेत थप सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो । कार्यक्रमको संचालन एनआरएनए चीवाका सहसचिव शंकर सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.