जन सरोकार

हावाहुरी र चट्याङबाट पाँचजनाको मृत्यु, ११ घाइते

शक्रबारदेखि यताको हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो ।

यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्यूठानमा एकजना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ ।

भौतिक क्षतिको भने विवरण आइसकेको छैन । कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button