स्थानीयतह निर्वाचन

काठमाडौंमा बालेनको अग्रता अरु बढ्दै, सिर्जना दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता अरु बढेको छ । पछिल्लो मतपरिणाममा बालेनले ३९ हजार ६ मत पाउनुभएको छ ।

शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवा सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले अघि हुनुहुन्छ । सिंहले २२ हजार ७२ मतका साथ दोस्रो स्थानमा उक्लिनुभएको छ ।

त्यसै गरी यसअघि दोस्रा स्थानमा रहनुभएका नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा पुग्नुभएको । उहाँले २१९५७१ मत पाउनुभएको छ । स्थापित सिंहभन्दा ५०१ मतले पछि पर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button