धनगढीमा स्वतन्त्र उम्मेदवार गोपालको झण्डा
कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले पछिपार्दै विजयी हुनुभएको छ ।

यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका नृपबहादुर वड मेयर र नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी उपमेयर उम्मेदवार हुनुहुन्थ्यो ।
गठबन्धनले मेयरसंगै उपमेयर पनि गुमाएको छ । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकलाकुमारी रानाले १५ हजार चार सय ७९ मत ल्याएर विजयी हुनुभयो ।
मेयरमा विजयी हमालले २६ हजार ८ सय ६५ मत ल्याउनुभयो भने कांग्रेसका वडले जम्मा १४ हजार ८ सय १७ मत मात्र पाउनुभयो । २०७४ मा हमाललाई वडले हराउनुभएको थियो ।
उपमेयरमा एमाले उम्मदेवार कन्दकलाकुमारी रानाले १५ हजार चार सय ७९ मत ल्याउनुभयो भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार छ सय ७० मत पाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्