विश्व समाचार

एसिया भ्रमणको दोस्रो चरणमा बाइडेन जापानमा

एसियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन आइतवार जापान पुग्नु भएको छ । बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा एशियाको आफ्नो पहिलो यात्रा गर्दै हुनुहन्छ ।

यसैक्रममा टोकियोबाहिर योकोटा एयर बेसमा पुग्नु भएको हो । क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्नुृहुने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो शनिबार दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गर्नु भएको थियो ।

यो शिखर सम्मेलन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो ।

राष्ट्रपति बाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार यहाँ आइपुग्नु भएको थियो । अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपति उचित समयमा वासिङ्टन भ्रमणको निम्तो दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button