अर्थ

वैदेशिक व्यापार घाटामा सुधार, आयात निर्यात दुबै घट्यो

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालको वैदेशिक व्यापारघाटा अंकमा अघिल्लो आवको सोही अवधिको तुलनामा निकै सुधार भएको छ । तर, अंकमा आएको सुधारको अर्को नकारात्मक पाटो भनेको आयात र निर्यातत दुबैमा ठूलो कमी आउनु हो ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणमा १० महिनामा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ ।

विभागका अनुसार १० महिनामा आयात १६.७८ प्रतिशतले घटेर १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपियाँको भएको छ । यस्तै निर्यात २४.४९ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपियाँको भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपियाँको आयात भएको थियो भने एक खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार रुपियाँको निर्यात भएको थियो । १० महिनामा कुल वैदेशिक व्यापार १४ खर्ब ७७ अर्ब २२ करोड २४ लाख ९९ हजार रहेको छ ।

विभागका अनुसार आव २०७८/७९ मा रु १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ ।

कूल कारोबारका आधारमा आव २०७८/७९ रु १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा रु १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.