जन सरोकार

विद्यालयमा छात्रालाई ‘प्रतिरक्षा’ तालिम

जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले रोशी गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ ।
बागमती प्रदेश युवा परिषद्को सायोगमा  आयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए ।
तालिममा माध्यमिक विद्यालयस्तरका छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिकरुपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ ।
महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबलको विकास गर्ने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । उहाँले गाउँपालिकाको अन्य विद्यालयका छात्रालाई यस्तो प्रकृतिको तालिम क्रमशः प्रदान गर्दै जाने बताउनुभयो ।
वडा नं २ का वडाध्यक्ष हस्तमान लामाले पहिलेको तुलनामा वर्तमान समयमा महिला निकै असुरक्षित हुँदै गरेकाले प्रतिरक्षा तालिमले महिलामा आत्मविश्वास बढ्दै जाने बताउनुभयो ।
गाउँपालिकाको वडा नं १, २ र ३ का सामुदायिक विद्यालयका छात्राले तालिममा भाग लिएका थिए । छात्रालाई रुपा थापा र निर्मला राउतले प्रतिरक्षा प्रशिक्षण दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.