जन सरोकार

बनेपामा तीन दिनमा आठ नाबालिक तथा किशोरीको होटलबाट उद्धार

प्रहरीले बनेपामा होटल तथा क्याफेमा ललाइफकाइ, आर्थिक प्रलोभनमा पारी होटलमा आउने ग्राहकसँग जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य पारिएका आठ नाबालिकको उद्धार गरेको छ ।

भुटानी शरणार्थी प्रकरण

ललाइफकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकसँग जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको आरोपमा बनेपा–१० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घर सञ्चालक ४२ वर्षको लालमान तितुङ र कामदार २० वर्षीय श्याम लामालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उक्त गेष्ट हाउसबाट पाँच नावालिक तथा किशोरीलाई उद्धार गरिएको हो ।

बनेपा–८ मा सञ्चालित लामा क्याफेमा कामको बहानामा अवैध धन्दा गराउन बाध्य पारिएका तीन किशोरीको उद्धार गरिएको प्रहरीले जनायो । क्याफे सञ्चालक रोशी–६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार उद्धार गरिएका किशोरीलाई हाल सुरक्षित राखी पुनःस्थापना केन्द्र पठाइने वा घर फर्काइने विषयमा थप अनुसन्धान तथा छलफल भइरहेको छ ।

पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारबाहीको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.