अर्थ

चुनाव सकियो- इन्धनको मूल्य आकाशियो

सरकार इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । स्थानीय तहको निर्वाचन भएको भोलिपल्ट पेट्रोलियम पदार्थमा ठूलो मूल्यवद्धि नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पुनः मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.