स्थानीयतह निर्वाचन

काठमाडौंमा ६२ हजार मत गन्न बाँकी, बालेनको अग्रता १७ हजार बढी

काठमाडौं महानगरपालिकामा अब ६२ हजार मात्र मतगणना गर्न बाँकी रहेको छ । काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो ।

मतगणनाको पछिल्लो नतिजामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता कायमै छ । ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाउनुभएको छ ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाउनुभएको छ ।

सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि हुनुहुन्छ । तर, सिर्जनालाई बालेनले १७ हजार ९०६ मत अन्तरले पछि र केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button