स्थानीयतह निर्वाचन

७३३ पालिकाको नतिजा सार्वजनिक, कसको कति स्थान

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३३ पालिकाको नतिजा सार्वजनिक भएको छ । बाँकी २० पालिकाको मतगणना जारी रहेको छ ।

पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले १९९ पालिका जितेर पहिलो पार्टी बनेको छ ।

यसै गरी, नेकपा माओवादी केन्द्रले ११९, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १८ तथार लोकतान्त्रिक समाजवादीले १५ स्थानमा विजय प्राप्त गरेका छन् ।

यसपटक विभिन्न उपमहानगर र नगरपालिका तथा गाउँपालिकामा गरी ११ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । राप्रपा, राष्ट्रिय जनमोर्चाले ४–४ स्थानमा जितेका छन् ।

अन्य दलको १० स्थान रहेको छ । बाँकी रहेका २० स्थानमध्ये नेपाली कांग्रेस र नेकपा एमाले ५–५ स्थानमा अगाडि छन् भने माओवादी ३ स्थानमा, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३ र २ स्थानमा स्वतन्त्र र एकीकृत समाजवादी १ स्थानमा अगाडि रहेका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.