एनआरएनए युकेको विशेष महाधिवेशन सम्पन्न
गैरआवासीय नेपाली संघ (एनआरएनए)यूकेको विशेष महाधिवेशन समपन्न भएको छ । कार्यक्रममा नेपालदेखि अन्य मुलुकबाट समेत अतिथि बोलाएर एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले विशेष महाधिवेशनमा शक्ति प्रदर्शन गरेको अर्थ पनि लगाइएको छ ।

महाधिवेशनमा १६४ नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, नेपाली मूलका १० जना काउन्सिलर, वुद्धिजिवी, राजनीतिज्ञ आदि गरी ६ सय भन्दा बढीको सहभागिता थियो ।
सर्भिसमा रहेका लेफ्टिनेन्ट कर्णेल टोल खाम्चासहित १५ भन्दा बढी गोर्खा अफिसर, ५ वटा भूतपूर्व गोर्खा संगठनका प्रमुख, १४ भन्दा बढी गोर्खा इन्टेक लिडर र ७० बढी अवकास प्राप्त गोर्खा अफिसरहरु कार्यक्रममा सहभागी थिए ।
एनआरएनए पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा विशेष महाधिवेशन भएको हो । कार्यक्रमका लागि अमेरिकाबाट पूर्व उपाध्यक्ष सोनाम लामा र नेपालबाट राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी समेत आइपुगेका थिए ।
महाधिवेशन उद्घाटन डा. घले, डा. केसी, गाहामगर, जिसी र शान्ति थापा कुँवरले संयुक्त रुपमा गरेका थिए । उक्त महाधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धि महत्वपूर्ण सत्र झण्डै तीन घण्टा चलेको थियो ।
उक्त सत्रमा राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसी, सोनाम लामा, काउन्सिलर नेम थापा, योगेन क्षेत्री, खगेन्द्र थापा, मेजर रि। समुन्द्र गुरुङ र अध्यक्ष गाहामगर प्यानलिष्टमा थिए ।
नेपालका टिभी जर्नालिष्टहरु मनोज जोशी, रामप्रसाद भण्डारी र राजेन्द्र भट्टको प्रश्नमा प्यानलिष्टहरुले वंशजको नेपाली नागरिकता किन कायम हुन आवश्यक छ र यस अभियानलाई कसरी सशक्त रुपमा अगाडि बढाउने भन्नेबारे आआफ्नो धारणा राखेका थिए ।
सचिव प्रमिला लाबुङले सञ्चालन गरेको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. शेष घलेले गैर आवासीय नेपाली संघले विश्वभरका नेपालीको भावना समेट्न नसकेकोमा गुनासो गरे । उहाँले भन्नुभयो, ुमैले दोश्रो तेश्रो पुस्तालाई समेत समेट्ने गरि ुभिजन २०२० एण्ड वियोण्डु परिकल्पना गरें तर त्यसले मूर्तरुप लिन पाएन । आफ्नो मातृभूमि र नेपालीका लागि वृहत सोचौं ।ु
डा. घलेले नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यतामाथि प्रष्ट पार्दै यसको विकल्प सोच्नुपर्ने बेला आएको उल्लेख गरे । उनले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यसबारे अवगत समेत गराएको स्मरण गरेका थिए ।
शुभकामना मन्तव्यका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसीले नेपालमा आपतविपत पर्दा सरकारले एनआरएनएलाई सम्झने बताए । जिसीले नेपालको पूंजी बजारमा गैर आवासीय नेपालीलाई खुल्ला गर्ने नीति सरकारले छिट्टै ल्याउन लागेको पनि जानकारी दिए ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित गरिदिएको भए नागरिकका धेरै समस्या समाधान हुने जनाउंदै जिसीले विधेयक पारित हुनेमा ढुक्क हुन आग्रह गरे ।
महाधिवेशनमा अध्यक्ष गाहामगरले २१ महिनाको कार्यकालमा आफूले गरेका ४६ वटा प्रमुख कामको प्रगति प्रतिवेदन भिडियोमार्फत प्रस्तुत गरेका थिए । गाहामगरले विधानका जटिलता फुकाउन महाधिवेशन गर्नुपरेको स्पष्ट पार्दै यसलाई सफल बनाउन सहयोग गर्ने सबै र सहभागीप्रति कृतज्ञता व्यक्त गरे ।
महाधिवेशनमा प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल (ओबीइ), एनआरएन यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, तमु समाज यूके संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, काउन्सिलरहरु लक्ष्य गुरुङ, विष्णु गुरुङ र जीत रानाभाट, गेसो कार्यवहाक सभापति धर्म तामाङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका, तमुधिं यूके सल्लाहकार डेभिड गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा लगायतले शुभकामना दिंदै एनआरएनए यूके दुईवटा नभएको र जननिर्वाचित अध्यक्ष प्रेम गाहामगर भएकाले यसमा स्पष्ट हुन सबैलाई अनुरोध गरेका थिए ।
एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले मातृभूमिसंग जोडिराख्न वंशजको नेपाली नागरिकता कायम हुनुपर्ने विषयसंग सम्बन्धित एक वृत्तचित्र प्रस्तुत गर्दै गाहामगरको संघप्रति लगाव र विकृति विरुद्धको अडानले महाधिवेशनमा मानवसागर उर्लिएको बताए । उनले एनआरएनए यूकेमा केही विवाद नभएको बताउंदै गाहामगरलाई पूर्ण समर्थन गर्न पनि आग्रह गरे ।
सो अवसरमा बेलायतको नेपाली समुदायमा विशिष्ट योगदान दिने व्यक्तित्व र प्रायोजकहरुलाई प्रमुख अतिथी डा. घले र एनआरएनए यूके अध्यक्ष गाहामगरले प्रमाणपत्र तथा टोकन अफ लभ प्रदान गरि सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा डब्लुओटु दीपप्रसाद पुन सिजीसी, डा. ओमप्रसाद गौतम, अस्मिता आलेमगर, शान्ति थापा कुंवर र एनआरएनए पूर्व उपाध्यक्ष सोनाम लामा छन् ।
त्यसैगरि, बेलायतस्थित मेयर र काउन्सिलरहरु निना गुरुङ, जगन्नाथ शर्मा, नेम थापा, जीव बेल्वासे, धनबहादुर सार्की, लक्ष्य गुरुङ, विष्णु गुरुङ, जीत रानाभाट, प्रीति लिम्बु, कमल गुरुङ, नवीन सिवा, राम लिम्बु र दिनेश खड्कालाई पनि टोकन अफ लभ प्रदान गरियो ।
प्रायोजकहरु योगेन क्षेत्री, गोर्खा मोर्गेजका सरोज गुरुङ, एम्पायर हलका नारायण गिरी र एनआरएनए केन्द्रिय उपाध्यक्ष थर्क सेन छन् ।
नेपालबाट आएका अतिथीहरु डा. सुरेन्द्र केसी, बुद्धि जिसी, गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, चन्द्रकोट गाउंपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउंपालिका अध्यक्ष देवीराम अर्याल, युवा व्यवसायी अमित आले, नगेन्द्र सिंह, होविन्द्र कार्की, जीवन गौतम, पत्रकारहरु मनोज जोशी, रामप्रसाद भण्डारी र राजेन्द्र भट्ट पनि सम्मानित भए ।
त्यसैगरी, समाजसेवी रविन्द्रजंग लामिछाने, चित्रबहादुर गुरुङ, मेजर खिम गौचन, इशा गुरुङ, माया गुरुङ, पार्वती गुरुङ, विनोद चिपालु, विनोद बुढाथोकी, रिचार्ड गुरुङ, नरमति पुन, डा. विशाल गुरुङ, डा. डिना तामाङ र राष्ट्र राई छन् ।
महाधिवेशन बन्द सत्रले संघको विधान संशोधन र आर्थिक प्रतिवेदन पारित गर्दै सदस्यता सम्बन्धि महत्वपूर्ण निर्णय गरेको छ । अब एनआरएनए यूकेको सदस्यता निशुल्क गर्ने निर्णय भएको अध्यक्ष गाहामगरले जनाए ।
विश्वासदीप तिगेलाको संयोजकत्वमा रुद्र थापा सदस्य सचिव तथा टेकबहादुर थापा सदस्य रहेको एक विधान संशोधन समिति गठन गरिएको थियो । उक्त सत्रमा एनआरएनए यूकेभित्र आर्थिक हिनामिना तथा संघको विधान विपरित काम गर्नेहरुमाथि छानविन गर्न गठित समितिको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्