साहित्य

सगरमाथा शिखरमा ‘चराको गीत’ कविता सङ्ग्रह

समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ ।

राइनास-२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चार पटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही जेठ ३ गते गरेको सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताउनुभयो ।

आरोहणका क्रममा ‘चराको गीत’का कविताले आफूलाई सहज बनाएको उहाँले अनुभव सुनाउनुभयो । सगरमाथामा लोकार्पण भएको पहिलो नेपाली कविता सङ्ग्रहका रूपमा ‘चराको गीत’ले आफ्नो नाम अङ्कित गरेको र त्यसमा आफूले भूमिका निर्वाह गर्न पाएकोमा अत्यन्त खुसी लागेको पर्वतारोही ठकुरीले बताउनुभयो ।

चराको गीतको पहिलो संस्करण साझा प्रकाशनबाट २०७४ सालमा प्रकाशित भएको थियो । कृतिको दोस्रो संस्करण पनि साझाबाट हालै प्रकाशित भएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको भूमिका रहेको यो कृति नेपाली कविता फाँटमा चर्चित कृतिमध्ये एक मानिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.