जल/वातावरण

कोरोना संक्रमणको विस्तार ४२ जिल्लामा- कुल संक्रमितको संख्या छ सय तीन

नेपालमा कोरोना संक्रमण ४२ जिल्लामा फैलिएको छ भने आइतबार साँझसम्म कुल संक्रमित संख्या ६ सय ३ पुगेको छ । आइतबार थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलवस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा ४२ वटा जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार मात्रै सात जना निको र घर फर्केछन् भने आइसोलेसनमा ५ सय १३ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.