राजनीति

अमेरिकासंग खोप किनेर र कोभ्याक्समार्फत नेपाल ल्याउने प्रयास

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसंग कोरोनाविरुद्धको खोप सहयोग माग गर्नुभएको छ । सोमबार मन्त्री ज्ञवालीले अमेरिकी सहायक विदेशमन्त्री वेन्डी शेर्मनसँग टेलिफोन वार्ता गरी कोरोना खोप वितरण गर्ने क्रममा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो ।

ज्ञवालीले कुराकानीमा कोरोना संकटको क्रममा दिएको विभिन्न सहयोगको अमेरिकालाई धन्यवाद दिनुभएको थियो भने हायक विदेशमन्त्री शेर्मनले नेपालको सामाजिक–आर्थिक क्षेत्रमा सहयोग बढाउने आश्वासन दिनुभएको थियो ।

यअघि अमेरिकी विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गर्नुभएको थियो । अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिनुभएको छ ।

वहुराष्ट्रिय देशहरुलाई सर्वसुलभ रुपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो । यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि वढाइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.