स्थानीयतह निर्वाचन

जनकपुरमा मनोजको दावी मतदाताबाट अनुमोदन

सम्पन्न स्थानीय तहको निर्वाचनमा आश्चर्यजनक नतिजा आउने क्रममा सोमबार जनकुर उपमहानगरपालकामा गठबन्धनले हावा खाँदै स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् ।

जनकपुरधाम उपमनगरपालिकाको मेयरका स्वभाविक दाबेदार मनोजकुमार साह सुडी सत्तारुढ गठबन्धनबीच भएको भागवण्डामा जनकपुरको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति गरेपछि मनोजले पार्टीबाट विद्रोह गर्नुभयो र जनताले अनुमोदन गरिदिए ।

सोमबार सकिएको मत गणनामा मनोज १३ हजार ४६५ मतका साथ मेयरमा चुनिनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ले ९ हजार ५३२ मत ल्याउँदा पाँचदलीय गठबन्धनका उम्मेदवार बनेका निवर्तमान मेयर लालकिशोर साह भने ५१९४ मतका साथ चौथो स्थानमा रहनभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button