ग्राण्डी अस्पतालले ३५ लाख क्षतिपूर्ति दिनपर्ने फैसला
शल्यक्रिया गरी शिशु जन्माउने क्रममा ग्राण्डी अल्पतालले लापरवाही गरेको भन्दै उच्च अदालत पाटनमा परेको मुद्दाको फैसला भएको छ । अदालतले सो अस्पतालबाट ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
घटना २०७५ को हो । सोही वर्षको असार १२ गते ग्रान्डी अस्पतालमा एकता घिमिरेको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो । बच्चा जन्मेको आधा घन्टामै एनआइसियूमा राखियो । पछि भेन्टिलेटरमा राख्दा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियलाु ब्याक्टेरियाको संक्रमण भयो ।
बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरियो । झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले अर्को वर्ष वैशाखमा मात्रै अस्पता लबाहिरबाट आफ्नो छोरा रिहान निको हुन नसक्ने थाहा पाएका थिए ।
त्यसपछि सञ्जीवले आफूलाई अस्पताल र डाक्टरहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए । तर, त्यहाँबाट सम्बन्धित चिकित्सकहरुसंग स्पष्टिकरण मात्रै सोध्ने निर्णय भएपछि उच्च अदालत पाटनमा मुद्दा हालिएको थियो ।
आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै सन्जीव र एकताले ग्रान्डी अस्पतालविरूद्ध दिएको मुद्दामा न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले सोमबार ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
सञ्जीव न्यौपाने र एकता घिमिरेकी वकिल दीक्षा कँडेलका अनुसार अदालतले सजायसम्बन्धी काउन्सिलको निर्णयलाई सदर गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्