राजनीति

जनमत पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

डा सिके रावतले नेतृत्व गर्नुभएको जनमत पार्टीले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको सो पार्टीका सचिव अनिता साहले जानकारी दिनुभयो ।

जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना तर्फका मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.