जन सरोकार

सक्कली शरणार्थीद्वारा नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्कीएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

सक्कली शरणार्थी

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक विरोध भइरहेको छ । पथरी शनिश्चरे–१० मा रहेका भुटानी शरणार्थीले भुटानीप्रति भएको बैमानी, शरणार्र्थीको नाम बेचेर गरिएको मानव तस्कर, छुटेका भुटानीको पुनःस्थापना गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका छन् । सोझा जनतालाई अमेरिका पठाउने प्रलोभनमा पारेर नेपालका विभिन्न स्थानबाट करोडौँ ठगी गर्ने गिरोह धमाधाम पक्राउ पर्न थालेपछि यसको प्रतिकारस्वरुप विभिन्न क्षेत्रमा विरोध आन्दोलन भइरहेका छन् ।

नक्कली शरणार्थीका कारण सक्कली शरणार्थीको पुनर्मिलन कार्यमा ढिलासुस्ती गरेको भन्दै भुटानी शरणार्थीले विरोधमा उत्रिएका हुन् । आज वाइएफसी पथरी शनिश्चरे क्याम्पको आयोजनामा भएको विरोध ¥यालीमा शरणार्थी समस्या समाधान गर, कि गरेर खाने अधिकार देउ नत्र गाँस बाँस कपास देउ, जनता बेच्न पाइँदैन, यस्ता नेता चाहिँदैन, भुटानीलाई न्याय दे, शरणार्थीलाई पुनःस्थापना गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

पथरी शनिश्चरे शिविरको होम केयर सेन्टरबाट सुरु भएको र्यालीले भुटानी शरणार्थी शिविर परिक्रमा गरी वडा नम्बर १० को वडा कार्यालय अगाडि कोणसभा गरेको छ । कोणसभामा सामाजिक अभियान्ता प्रदीपकुमार राई, शान्ति पाख्रिनले शरणार्थीको समस्या हल गर्नुको साटो उल्टै पुनःस्थापनको बाटो बन्द गर्ने कोसिस गरेको बताउनुभयो । शनिश्चरे शिविर क्यामका सहसचिव राम बानियाँले देशमा बेतिथिले पराकाष्ठा पार गरेको भन्दै यो अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भुटानीको समस्या र यस्तो बेथिति न रोकेसम्म सङ्घर्ष जारी राख्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.