क्रिकेटखेल

गुजरातलाई पराजित गर्दै चेन्नाई आईपीएलको फाइनलमा

चेन्नाई सुपर किंग्स भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साबिक विजेता गुजरात टाईटन्सलाई १५ रनले पराजित गर्दै चेन्नाई फाइनलमा प्रवेश गरेको हो ।

गुजरातलाई पराजित गर्दै चेन्नाई आईपीएलको फाइनलमा

चेन्नाईको घरेलु मैदान एमए चिन्नास्वामी स्टेडियम चेपकमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । चेन्नाईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित ६० रनको अर्धशतकीय पारी खेले भने डेभोन कन्वेले ४० रन बनाए ।

यी दुईले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्दै राम्रो सुरुआतत दिलाएका थिए । त्यस्तै रविन्द्र जडेजा २२ रन बनाई आउट भए भने अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७-१७ रन जोड्दा मोईन अली ९ रनमा अविजित रहे । गुजरातका मोहित शर्मा र मोहम्मद सामीले समान २-२ विकेट लिए भने नूर अहमद, दर्शन नालकंडे र राशिद खानको भागमा समान १-१ विकेट रह्यो ।

चेन्नाईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १५७ रन मात्र बनायो । गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए भने राशिद खानले ३० रन बनाए । यस्तै दाशुन शनकाले १७ रन जोड्दा विजय शंकरले १४ र ऋद्धिमान शाहले १२ बनाए ।

चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना, रविन्द्र जडेजा र महेश थिक्सनाले समान २-२ विकेट लिए भने तुसारदेस पान्डेको भागमा १ विकेट रह्यो । फाइनल खेल आगामी आइतबार हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.