जन सरोकार
गैरेको घरको ढोका फोडेर विभिन्न धनमाल चोरी
रूपन्देही, तिलोत्तमा नगरपालिका-१ कपिल टोल बस्ने ५९ वर्षीय अशोक कुमार गैरेको घरबाट ढोका फोडेर करिब १८ तोला बराबरको विभिन्न सुनका गहना, आधा तोला चाँदीका गहना, टिभी १ थान, ल्यापटप १ थान र नगद १ लाख ७० हजार रूपैयाँ चोरी भएको छ ।

बुधबार अशोक सम्पूर्ण परिवारसहित पूजाको लागि नवलपरासी गएकोमा बिहीबार घर फर्किदा चोरी भएको खुल्न आएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्