राजनीति

डा. राणाद्वारा अक्सिजन बैंकलाई रकम हस्तान्तरण

नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले बर्दिया अक्सिजन बैंकलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् ।

अक्सिजन नपाएर कोही कसैले पनि कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर राणाले सहयोग प्रदान गरेको बताएकी छन् ।

जापानमा रहेका युवा व्यवसायी युवराज अधिकारीको समन्वयमा संकलित रकम राणाले हस्तान्तरणा गरेकी हुन् । यसअघि राणाले धनगढी उपमहानगरपालिकालाई १० लाख नगद सहयोग गरेकी थिइन् ।

राणाले विभिन्न संघसंस्थामार्फत नेपालका विभिन्न जिल्लामा कोरोना नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् भने उनले खाद्यान्नसहित राहत वितरणको कामलाई पनि निरन्तरता दिँदै आएकी छन् ।

उनले कोरोना महामारीका बेलाम अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी लगायतलाई सम्मान गरेकी छन् । उनले कोरोना जोखिममा पनि काम गरिरहेका व्यक्तिलाई राज्यले उचित सम्मान गर्ने बताएकी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.