स्वास्थ्य

१६ घण्टाको बीचमा बाँकेमा १० जना संक्रमितको मृत्यु

बाँके जिल्लाभित्रका २७९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २५१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु

कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट सर्वाधिक प्रभावित १६ः घण्टाको बीचमा थप १० जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो ३ः५० बजेदेखि मंगलबार बिहान ६ः३० बजेसम्म बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २७९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २५१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।



जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ३ जना दाङ र २ जना बर्दियाका छन् । नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बैजनाथ गाउँपालिका( ४ बाँकेका ३८ वर्षीया महिलाको सोमबार दिउँसो ३स्५० बजे र कोहलपुर नगरपालिकाका ४७ वर्षीय पुरुषको सोमबार साँझ ६ बजे मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका-१८ की ८५ वर्षीया महिलाको सोमबार साँझ ६:२० बजे, कोहलपुर नगरपालिका-१० बाँकेकै ७१ वर्षीय पुरूषको मंगलबार विहान ५:४० बजे र खजुरा गाउँपालिका-४ बाँकेकी ३२ वर्षीया महिलाको मंगलबार विहान ६:३० बजे मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका-८ दाङका ५६ वर्षीय पुरूषको सोमबार दिउँसो ४:३० बजे र तुलसीपुर उपमहानगरपालिका-१२ दाङकी ४० वर्षीया महिलाको सोमबार राति ९:१० बजे मृत्‍यु भएको छ भने घोराही उपमहानगरपालिका-१८ का ५१ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार विहान २: १५ बजे मृत्‍यु भएको छ ।

यस्तै बाँसगढी नगरपालिका-३ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति १० बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका-६ बर्दियाकी ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार राति ११:३० बजे मृत्‍यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button