राजनीति

नागरिकताका सवालमा सचेत रहन तराईका युवालाई अपील

सरकारले अध्यादेशमार्फत नागरिकता ऐन ल्याएर भारतीयहरुले नागरिकता दिन लागेको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले यसप्रति सचेत रहन तराईकाा युवाहरुलाई अपील गरेको छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले मंगलबार एक विज्ञपित जारी गरी नेपाल नागरिकता संशोधन विधेयक भारतीय आप्रवासीका सन्तानका निम्ति ल्याइएको हुँदा तराईका युवालाई सचेत रहन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी (नेपाल नागरिकता पहिलो संशोधन) विधेयक २०७८) नेपालस्थित भारतीइ आप्रवासीका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसीन गराउने षड्यन्त्रको पुलिन्दा भएको र वर्षौंदेखि तराईका जमिनदारको घरमा आश्रित गरिब मूलवासीलाई नागरिकता दिने उद्देश्यले नभएर प्रायोजित रूपमा बुहारी बनेर नेपाल आउने आप्रवासी युवतीहरूलाई सिन्दुर(पोतेसँगै हातमा तत्काल नागरिकता उपहार दिने बदनियतले जारी गरिएको ठहर गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा अध्यादेशको सबभन्दा ठूलो बदनियत भारतमा गर्भवती भएका महिलालाई नेपालका अस्पतालमा ल्याएर शिशु जन्माउने अवसर प्रदान गर्ने र अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र लिई शिशु बालिग भएपछि त्यही जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने हतियार बनाउनु रहेको पनि उल्लेख गरिएको छ ।

यस्तो षड्यन्त्रप्रति तराईका आदिवासी भूमिपुत्र युवाहरु सचेत रहन आग्रह गर्दै अध्यादेशबाट सबभन्दा ठूलो मर्का तराई मूलका आदिवासी(मूलवासीमा पर्ने देखिएको हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसबाट पर्ने असरको निदान खोज्न तराईमूलका युवाहरूलाई विशेष अग्रह गरिएको छ ।

तराईका मूलवासी युवा र त्यहाँका आदिवासी जनताले राज्यका तर्फबाट पाउने सुविधा टाठाबाठा भारतीय आप्रवासीले पाउने र राजनीतिक पहुँच र प्रतिनिधित्व पनि उनीहरूकै बढ्ता हुने निश्चित भैसकेको समेत मोर्चाको ठहर छ । मोर्चाले उपरोक्त आरोपको सत्यता महन्थ ठाकुर र राजेन्द्र महतोका तीनपुस्ते हेरे प्रमाणित हुन्छ भन्दै नेपाली नागरिकताको प्रमाणपत्र नेपालीले मात्र पाउनुपर्छ भन्ने कुरालाई तराईको अन्तरात्माको आवाज बनाउन तराईका युवासँग आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.