राजनीति

मेरो अनुभव र बालेनको विज्ञताको ‘फ्यूजन’ हुनसक्छ : चिरीबाबु

ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले आफूले विगत ५ वर्षमा गरेका कामहरुबाट महानगरबासी प्रभावित भएर पुनः विजयी गराएको टिप्पणी गर्नुभएको छ ।

विजयपछि संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै महर्जनले काठमाडौं महानगरपालिका प्रमुखमा विजयोन्मुख रहनुभएका बालेन्द्र साहसंग सहकार्य हुनसक्ने पनि बताउनुभएको छ ।

महर्जनले बालेनले मलाई मनपराउने र आफूलाई उहाँ मनपर्ने बताउँदै सम्पदा संरक्षण र विकासका काममा आफ्नो अनुभव र बालेनको विज्ञताको फ्यूजन हुनसक्ने बताउनुभयो ।

उहाँले बालेन एक गतिशील सिभिल इञ्जियिर मात्र नभएर विकासप्रति दूरदृष्टि राख्ने युवा पनि भएकाले उहाँसंग सहकार्य हुनसक्ने बताउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button