जन सरोकार

अमेरिकाबाट फिर्ता भए छैठौं र दशौं शताब्दीका मूर्ति

नेपालबाट चोरी भएर अमेरिका पुर्याइएको छैठौं र दशौं शताब्दीका पाँच वटा ऐतिहासिक मूर्तिहरु नेपाल फर्काएर पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार नेपालस्थित अमेरिकी मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकाको डेन्वर म्युजिएमबाट फिर्ता भएको दशौं शताब्दीको उमामहेश्वर, शिकागो म्युजिएमबाट फिर्ता भएको छैटौं शताब्दीको चतुर्मुखी शिवलिङ्गसँगै नागराजा, पद्मपाणि, र शाक्यमुनि बुद्धका मूर्ति विभागलाई बुझाइएको हो ।

अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी कम्पनी युपिएसको सहयोगमा कलाकृतिलाई नेपाल पठाएको हो । यसरी विदेश पुगेका मूर्ति आउनुलाई सम्पदा संरक्षणको महत्वपूर्ण कडीको रुपमा हेरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.