कला/मनोरन्जनप्रबास

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र प्रदर्शन हुने

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार ७ देखि १० गतेसम्म चल्ने महोत्सवमा नेपालका सुजित विडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुने महोत्सव निर्देशक युवाकर राजकर्णिकारले जानकारी दिनुभयो ।

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

उहाँले भन्नुभयो, “कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शन भौतिकरूपमा नै आयोजना गर्न लागिएकाले उत्साहित भएका छौँ । महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत एघार देशका फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्र प्रदर्शन हुनेछन् ।”

वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र चलिचत्र एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने उहाँले जानकारी दिनुभयो ।

आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीको आयोजनामा सम्पन्न हुने महोत्सवमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे छलफल हुनेछ । महोत्सवका लागि आवेदन परेका चलचित्रलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.