जन सरोकार

बलात्कारको मुद्दापरेको नौ वर्षपछि छ वर्षको कैद सजाय

बलात्कार जस्तो जघन्य अपराधको मुद्दामा फैसला अन्य मुद्दाको जस्तो नहुनुपर्ने भए पनि कानुनी छिद्र वा प्रचलित अभ्यासका कारण मुद्दा परेको नौ वर्षपछि भएको फैसलाले ६ वर्षको कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । ७९ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित गल्छी गाउँपालिका –५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई जिल्ला अदालतले मुद्दा परेको नौ वर्षपछि ६ वर्ष कैद गर्ने फैसला गरेको छ ।

धादिङ जिल्ला अदालतका न्यायधिश स्वीकृति पराजुलीको इजलासले मङ्गलवार तामाङलाई ६ वर्ष कैद गर्ने फैसला गर्नुभएको हो । जिल्ला अदालतले बलात्कार गर्नेलालाई ६ वर्ष जेल सजाय, पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिन र पीडित राहत कोषमा एक हजार दुई सय रकम तिर्नुपर्ने अन्तिम फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।

वृद्ध बलात्कारको मुद्दा १८ औँ पेसीमा फैसला भएको देखिन्छ । २०७० चैत ३ गते तत्कालीन अवस्थामा ७० वर्षीया महिलालाई बलात्कार गरेका आरोपित विरुद्ध पीडित पक्षले २०७१ वैशाख ४ गते सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

पीडित पक्षले उजुरी दिए पनि आरोपित फरार भएका कारण २०७१ मङ्सिर १० गतेबाट मुद्दालाई मुल्तबीमा राखिएको थियो ।हरेक दुई वर्षमा मुल्तबीमा राखिएको मुद्दालाई अदालतले जगाउने गरेको छ । लामो समय मुल्तबीमा रहेको मुद्दाको जिल्ला अदालतले ०७९ फागुन १५ गते पुनः मुद्दा जगाएपछि फैसला भएको हो । घटनामा संलग्न तामाङ हाल पनि फरार छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.